
काठमाडौं । भारतले जापानको टोकियोस्थित पानीजहाजमा रहेका एक नेपालीसहित १ सय २४ जनाको उद्दार गरेको छ ।
भारतले आफ्ना १ सय १९ जना र पाँच विदेशीलाई उद्दार गरी विहीबार नयाँदिल्ली लगेको हो ।
उद्धार गरिएका विदेशीमा नेपाल, दक्षिण अफ्रिका र पेरुका एक एक तथा श्रीलंकाका दुई जना रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन् ।
कोरोना भाइरस संक्रमण देखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका सबै भारतीय तथा विदेशीलाई एयर इन्डियाको विशेष विमानमा नयाँदिल्ली पुर्याइएको थियो । अन्नपूर्णपोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्