
काठमाडौं, फागुन १५ । एनसेलले ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ ।
कम्पनीले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत् ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको जनाएको छ ।
यही फागुन १५ गतेदेखि लागू यो अफरअन्तर्गत् ग्राहकले रु १०० र यसभन्दा माथिको प्रत्येक रिचार्जवापत् भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।
भ्यालेन्टाइन महिनाको अवसरमा सन्चालनमा ल्याइएको यो अफरअन्तर्गत् एनसेलका प्रिपेड ग्राहकले करबाहेक मात्र ९९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुरा गर्नसक्ने जनाइएको छ ।
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्