३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सशस्त्र खप्तड गोल्डकपको अन्तिम चारमा


0
Shares

कैलाली, फागुन १५ । सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार कैलालीको धनगढी रंगशालामा भएको क्वार्टरफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्दै सशस्त्र अन्तिम चारमा पुगेको हो ।

निर्धारित् ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा निर्णायक बनेको हो ।

पुलिसले दोस्रो रोजाइको टोली मैदानमा उतारेको थियो ।

देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख एक रुपैयाँ तथा उपविजेताले १० लाख एक रुपैयाँ पुरस्कार पाउनेछ ।