
इलाम, फागुन १५ । माइभ्याली गोल्डकप फुटबलको छैटौं संस्करणअन्तर्गत् उद्घाटन खेलमा गोर्खा ब्वाइज एफसी रुपन्देही विजयी भएको छ ।
बिहीबार रुपन्देहीले भारतको कोहीमा इगल एफसी नागाल्यान्डलाई ४–० ले हरायो ।
रुपन्देहीका लागि शक्ति राईले दुई तथा हमजत र फोफन्नाले एक/एक गोल गरे ।
शक्ति खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
१० टोलीबीच यही फागुन २४ गतेसम्म हुने प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
शुक्रबारको खेल आयोजक माइभ्याली क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस्