
कञ्चनपुर, फागुन १५ । कञ्चनपुरमा हत्या गरिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको छ ।
शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीय धनादेवी भण्डारीको रक्ताम्य अवस्थामा आफ्नै घरमा शव फेला परेको हो ।
घरभित्र शव देखेपछि मृतक धनादेवीकी बहिनी पार्वती रावलले प्रहरीलाई खबर गरेकी हुन् । प्रहरीका अनुसार श्रीमतीको शव भान्सा कोठामा भेठिएको छ भने श्रीमानको शव सुत्ने कोठामा भेटिएको छ ।
शरीरमा चोट लागेको अवस्थामा शव भेटिएको र घटनास्थलबाट लोहोरो समेत फेला परेकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्