
काठमाडौं, फागुन १५ । फोटो पत्रकार क्लब पीजे क्लबले आयोजना गरेको फोटो प्रदर्शनी बबरमहलस्थित आर्ट ग्यालरीमा शुरु भएको छ ।
नेपाल फोटो प्रतियोगिता २०७६मा छानिएका उत्कृष्ट तस्वीरहरु प्रदर्शनमा राखिएका छन् । ६ दिनसम्म चल्ने प्रदर्शनीमा सिटी एक्सप्रेस कल्चर एण्ड टुरीजम, डीसहोम स्पोर्टस, शिखर ईन्स्योरेन्स् नेपाल स्माईल, सेल पे डेली लाईफ लगायतका विभिन्न ७ वटा विधाका उत्कृष्ट १ सय ७५ वटा फोटो राखिएका छन् ।
कार्यक्रममा नेपाल फोटो प्रतियोगितामा फोटो अफ द ईयर र फोटो स्टोरीमा प्रथम भएका नभेष चित्रकारले पुरस्कार बापत पाएको १ लाख १० हजार रुपैयाँ असामान्य टाउको भएका रौतहटका २ वर्षे बालक बजरँगी मिश्रको परिवारलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्