२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेटको खेलतालिका सार्वजनिक


0
Shares

काठमाडौं, फागुन १५ । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।

इपीएलले सार्वजनिक गरेको खेलतालिकाअनुसार आउँदो चैत १ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

‘सिंगल राउन्ड रोबिन लिग’का आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलका लागि ‘क्वालिफायर’ खेल खेल्नेछन् ।

यस्तै, लिगको तेस्रो र चौथो टिमले ‘इलिमिनेटर’ खेल्दै क्वालिफायर टोलीसँग फाइनल प्रवेशको लागि भिड्नेछ ।

इपीएलको फाइनल खेल चैत १५ गते हुनेछ ।

प्रतियोगितामा ६ सहरका ‘फ्रेन्चाइज’ टोलीले सहभागिता जनाउनेछन् । ललितपुर र पोखरासँगै काठमाडौं किंग्स इलाभेन, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।