२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


म्यान्चेस्टर सिटीद्वारा रियाल मड्रिड पराजित, लियोंले युभेन्टसलाइ हरायो


0
Shares

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले रियाल मड्रिडलाई हराएको छ ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भयो ।

गएराति स्पेनको मड्रिडमा भएको खेलमा सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस र केभिन डे ब्रायनले एक एक गोल गरे ।

रियाल मड्रिडका इस्कोले सुरुवाती गोल गरेको खेलमा सर्जियो रामोसले रातो कार्ड खाएपछि मड्रिड १० जनामा समेटिएको थियो ।

गएराति भएको अर्को खेलमा फ्रान्सको लियोंले इटालीको युभेन्टसलाई १–० ले हरायो ।

फ्रान्समा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन लुकास टुजार्टले ३१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।