धादिङ । सवारी दुर्घटना न्यूनीकरण गर्दै क्षति कम गर्ने उद्देश्यले मुग्लिन-नारायणघाट सडक खण्डमा परीक्षणका लागी केवल ब्यारियर राखिएको छ ।
राजमार्गमा सवारी दुर्घटना हुँदा क्षति कम गर्नका लागी नदीतर्फको साईडमा केवल ब्यारिएर राखिएको हो ।
मुग्लिन-नारायणघाट सडकखण्डमा सवारी दुर्घटना बढ्ने जोखिम भएका कारण नदीतर्फ राखिने सुरक्षा बारको रुपमा केवल ब्यारियरको प्रयोग गरिएको हो ।
अन्य मुलुकमा केवल ब्यारियर सफल भएकाले नेपालमा पनि दुर्घटनाका कारण हुने ठूलो धनजनको क्षति कम गर्ने केवल ब्यारिएर परीक्षणको रुपमा राखिएको हो ।
केवल ब्यारियरले सवारी ठोक्किँदा ३० टनसम्म भार बोकेका सवारीलाई रोक्न सक्ने क्षमता हुने भएकाले यो प्रविधि नेपालमा पनि उपयोगी हुने प्रविधिकहरुको भनाइ छ ।
यस सडकखण्डमा दुर्घटनाको जोखिम भएका दुई स्थानमा एक चिनियाँ कम्पनीले परीक्षणका रुपमा पाँच सय मिटर निःशुल्क केवल ब्यारिएर राखिदिएको हो ।





प्रतिक्रिया दिनुहोस्