Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


हेटौंडाको ओम्याक्स थ्रीडी सिनेमा हलमा भीषण आगलागी


0
Shares

अपडेट:

हेटौंडा, साउन २३ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, पारिजात पथमा रहेको ओम्याक्स थ्रीडी सिनेमा हलमा आगलागी हुँदा करोडौं रुपैयाँको क्षति भएको छ ।

बुधबार बिहान १० बजेबाट लागेको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको थियो ।

चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले सन्चालन गरेको हलमा विद्युत्सर्ट भएर आगलागी भएको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका दुई र आयल निगमका एक गरी तीनओटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसमेत आगो नियन्त्रणमा जुटेका थिए ।

 हलमा फिल्म सुरु नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।