२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


सुदूरपश्चिम–११ अन्तिम चारमा


0
Shares

कैलाली, फागुन १३ । सुदूरपश्चिम–११ कैलालीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक सुदूरपश्चिमले अन्तिम चारको यात्रा पक्का गरेको हो । 

सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले दुई गोल गरे । यस्तै, फिलिप तामाङ र दिपेश श्रेष्ठले एक/एक गोल गरे ।

कञ्चनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एक/एक गोल फर्काए ।

खेलको ‘म्यान अफ दी म्याच’ आयोजकका विक्रम चुनिए । उनले १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे ।

दोस्रो क्वार्टरफाइनलमा बुधबार थ्रीस्टार र नव जनजागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यही फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २१ लाख एक तथा उपविजेताले १० लाख एक रुपैयाँ जित्नेछ ।