Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


कार्यविधि नबन्दा स्टार्टअप अभियान अझै आएन कार्यान्वयनमा


91
Shares

काठमाडौं, फागुन ४ । सरकारले गत वर्षकै बजेटमा स्टार्टअप कार्यक्रम ल्याएको थियो ।

सरकारले गत बर्षको बजेटमै स्टार्ट अफ व्यवसाय प्रवद्र्धनका लागि बीऊ पुँजी उपलब्ध गराउने घोषणा गरेको थियो । तर कार्यविधि नबन्दा अहिलेसम्म यो कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गरी नवीन सोच भएका युवा उद्यमीको प्रवद्र्धन गर्नुपर्नेमा नेपाल उद्योग परिसंघले जोड दिएको छ ।

स्टार्ट अप व्यवसायको परिभाषा तय गरी नीतिनिर्माणमा सहजीकरण गर्ने उद्देश्यले परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले अघि बढाएको छलफलमा उक्त जोड दिइएको हो ।

छलफलमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले नवीन सोच र प्रविधिको प्रयोग गरी अघि बढ्ने यस्ता व्यवसायका लागि आवश्यक सहुलियत र सुविधादिने विषयमा उदार भएर सोच्नुपर्नेमा पनि जोड दिनुभयो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले व्यवसाय सुरु गर्नुभन्दा व्यवसायको निरन्तरता चुनौतिपूर्ण हुने भन्दै स्टार्टअप व्यवसाय सुरु गर्ने उद्यमीलाई आफ्नो व्यवसायमा निरन्तर सक्रिय रहने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।