Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


पर्सामा ९ किलो ३ सय ग्राम अफिमसहित एक जना पक्राउ


52
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साक्प टोलीले ९ किलो ३ सय ग्राम अफिम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिङ्ग गाउपालिका ४ बस्ने वर्ष ३० का सुजन मोक्तान रहेका छन ।

पर्सा प्रहरीले गर्दै आएको नियमित चेकजाँच गर्ने क्रममा मोक्तानलाई अफिम सहित नियन्त्रणमा लिएको हो ।

रङ्गपुर बजारबाट पटेर्वागौली बजारतर्फ आउदै गरेको मोटरसाईकलमा सवार मोक्तानले पछाडी भिरेको कालो रङ्गको झोला चेकजाँच गर्दा उक्त परिमाणको अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

पक्राउ परेका मोक्तान्लाई लागू औषध कसुरमा सम्मानित जिल्ला अदालतबाट म्यादलिई अनुसन्धान अघि अढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।