हेटौंडा, फागुन ३ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा रहेका ८ लाख ३० हजार १८७ भेडाबाख्रामा खोप लगाएको छ ।
पिपिआर रोग विरुद्धको सप्ताहव्यापी अभियान अन्र्तगत भेडाबाख्रालाई खोप लगाइएको हो ।
माघ २५ गतेबाट सुरु गरिएको खोप अभियान फागुन ३ गतेसम्म चलेको थियो । प्रदेश अन्र्तगत स्थानीय तहका सबै वडामा खोप भ्याक्सिनेटर परिचालन र खोप केन्द्र सञ्चालन गरि पहिलो पटक प्रदेश सरकारले खोप अभियान चलाएको हो ।








प्रतिक्रिया दिनुहोस्