सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


सोलुखुम्बुमा सकेट बम भेटियो, डिस्पोजल टोली बोलाइयो


221
Shares

सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ बेनी स्थित फेरामा सकेट बम भेटिएको छ ।

स्थानीयले बारीमा काम गर्ने क्रममा बम फेला पारेपछि प्रशासनलाई खबर गरेका हुन् । बम फेला पारिएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।

फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

द्वन्द्वकालीन समयमा लुकाइएको बम फेला परेको हुनसक्ने प्रहरीको अनुमान छ ।