२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


द ब्रिटिस कलेजले ‘हल्ट पुरस्कार’ आयोजना गर्ने


117
Shares

काठमाडौँ । द ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट परस्कार कार्यक्रम आयोजना हुनेभएको छ ।

हल्ट पुरस्कार ‘फर गुड’र ‘फर प्रोफिट’ विद्यार्थीको नेतृत्वमा भएका उद्यमहरूको सुरुवातको लागि संसारको सबैभन्दा ठूलो इन्जिन हो । सन् २०२०/२१ मा प्राप्त गरेको ठूलो सफलता पछ्याउँदै हल्ट पुस्कार एक पटक फेरि ब्रिटिश कलेजमा हुन लागेको कलेजले जनाएको छ ।

यस वर्षको विषयवस्तु विश्व फिर्ता लिदै काम अर्थात ‘गेटिङ द वल्ड व्याक टु वर्क’ रहेको छ ।बीबीए लेभल ५ का विद्यार्थी र ब्रिटिस कलेजको हल्ट परुस्कारका क्याम्पस डाइरेक्टर ग्रिशम तिवारीको नेतृत्वमा १५ भन्दा बढी उत्साही व्यक्तिहरुको टोलीले यो कार्यक्रम आयोजना गर्न मेहनत गरिरहेका पनि कलेजले जनाएको छ ।

यो प्लेटफर्मलर्मले ब्रिटिस कलेजका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्पिर्धागर्ने अवसर प्रदान गर्नेछ । यो अवसर अन्तर्गत विद्यार्थीले १० लाख डलर बराबरको नगद पुरस्कार जित्ने मौका पाउनेछन्।

हल्ट परुस्कारबारे जानकारी दिन सहभागिहरुलाई भर्चुअल अभिमुखीकरण कार्यक्रर्यमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा १ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।