Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


हराएको खोपबारे प्रतिबेदन बुझाइयो


169
Shares

काठमाडौं । कोरोना बिरुद्धको हराएको २४ लाख मात्रा खोप खोजी गर्न गठन गरिएको ५ सदस्यीय छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

सो प्रतिबेदन स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।

विगत एक वर्षदेखि देशभर खोप अभियान सञ्चालन हुँदै आएकोमा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोप रेकर्डमा नरहेको बताएपछि सरकारले खोप छानविन समिति गठन गरेको थियो ।

डा.गुणराज लोहनीको अध्यक्षतामा गठित ५ सदस्यीय खोप छानविन समितिले सोमबार प्रतिवेदन बुझाएको हो । खोप छानविन समितिको सदस्य सचिवमा डा. गुणनिधि शर्मा र डा. अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल र अनिल थापा रहेका छन् ।