Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


भेषभुषा डटकम सञ्चालनमा


143
Shares

काठमाडौं, फागुन २ । नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गर्नुभएको हो । उहाँले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ भएको बताउनुभयो । महानायक हमालले फेसनबाट कोही मानिस पनि टाढा रहन नसक्ने भन्दै उहाँले हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो व्यक्तित्वमा भेषभुषालाई समेटिरहेको बताउनुभयो ।

कम्पनीले नेपालको संस्कृति र कलालाई भेषभुषाको माध्यमबाट चिनाउने लक्ष्यसहित भेषभुषाको शुरुवात गरेको बताएको छ । कार्यक्रममा भेषभुषा डटकमले हरेक उमेर समूहलाई सुहाउने किसिमका डिजाइनबाट हरेक नेपालीका भेषभुषालाई विश्व बजारमा स्थान दिन पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

आफ्नो अनलाइन साइटको माध्यमबाट नेपाली कला संस्कृतिसँग जोडिएका भेषभुषाहरुको विश्व बजारीकरण गरिने पनि बताएको छ । भेषभुषा डटकमले केही वर्षभित्र ५० करोडको लगानी गरेर भेषभुषाको बजारलाई बिस्तार गर्ने सोच बनाएकोे छ । अहिले भने कम्पनीले ५ करोडको लगानीबाट भेषभुषा डटकम शुरु गरेको हो ।