
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका जनतालाई भेट्ने उत्सुकता बढेको बताएका छन् ।
भारतको दुई दिन दिने भ्रमणअघि पत्रकार सम्मेलन गरी उनले भारत भ्रमणलाई आफनो कार्यकालको उच्च प्राथमिकतामा राखेको भन्दै ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नजिकको मित्र रहेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति ट्रम्पले भारतमा रहँदा दिल्ली, आग्रा र गुजरातको भ्रमण गर्ने भएका छन् ।
गुजरातको अहमदाबादमा राष्ट्रपति ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । एक लाख नागरिक सामेल हुने कार्यक्रमलाई नमस्ते ट्रम्प नामाकरण गरिएको छ ।
यसअघि प्रधानमन्त्री मोदीले अमेरिका भ्रमणका क्रममा नागरिक सभालाई सम्बोधन गरेका थिए ।
यसैबीच भारतमा ट्रम्पको स्वागतको लागि भब्य तयारी गरिएको छ भने सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्