
काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट घरेलु टिम दक्षिण अफ्रिकाले जितेको छ ।
पोर्ट एलिजावेथमा गएराति भएको खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी भयो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
उसका लागि डेभिड वार्नरले अविजित ६७ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
उसका लागि कप्तान क्विन्टन डी ककले ७० रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको टि ट्वेन्टी श्रृंखलामा १–१ बो बराबरी गरेको छ । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल बुधवार केप टाउनमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्