Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


सहुलियत कर्जामा ढुक्क भएर लगानी गर्न राष्ट्र बैंकको आग्रह


0
Shares

काठमाडौं । सहुलियतपुर्ण कर्जा प्रवाहको कार्यक्रम सकारात्मक दिशातिर उन्मुख भएको जनाइएको छ ।

नेपाल राष्ट्र बैंकले दुईवर्ष अघि ल्याएको यो कार्यक्रम  हालसम्म अपेक्षित रुपमा अगाडी नबढेपनि सकारात्मक दिशातर्फ भने अगाडी बढेको जनाइएको हो ।

यस व्यवस्था अनुसार कृषी तथा पशुपक्षि विकास, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशिल कर्जा छन् ।

यस्तै दलित समुदाय विकास कर्जा, उच्च, प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्पपडित आवास कर्जा सहित थप कपडा उद्योग तथा सिटिईभिटीबाट मान्यता पाउने व्यक्ति तथा संस्थाले पाउने दुई प्रकारका कर्जा सहित कूल ९ प्रकारको कर्जाको व्यवस्था यसमा छ ।

यी कर्जा मध्ये कृषी तथा पशुपक्षिं कर्जामा आधार दरमा २ प्रतिशत, महिला उद्यमशिल कर्जामा ६ प्रतिशत तथा अन्य कर्जामा ५ प्रतिशत थपेर बैंकबाट ऋण लिन सक्ने व्यस्था गरिएको थियो ।

तर हालसम्म पनि कृषी तथा पशुपक्षिं कर्जामा बाहेक अन्य कर्जा प्रवाहको अवस्था सन्तोषजनक छैन । राष्ट्र बैंकले प्रवाह गर्ने कर्जा मध्ये कृषी क्षेत्रमा सबैभन्दा बढि अर्थात ४५ अर्ब ८ करोड बराबर कर्जा प्रवाह भएको छ भने सबैभन्दा न्युन उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा जम्मा १७ करोड ४० लाख मात्रै प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।

राष्ट्र बैंकले सहुलियत कर्जा प्रवाहको संख्या तोकेपछि कर्जा प्रवाहको संख्यामा सुधार आएको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

बैंकहरुले आधार दरमा २ प्रतिशत मात्रै थपेर दिनुपर्ने हुँदा आफ्नो नाफा घट्ने तथा ऋण दुरुपयोग डरले पनि बैंकहरु यस प्रकारको कर्जा प्रवाहमा उति उत्साहित नभएका हुन् । राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट भने बैंकहरुले यस प्रकारको कर्जामा ढुक्क भएर लगानी गर्न सक्ने बताउँछन् ।