१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


निर्देशन अवज्ञा गर्दै मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल किन उडे अमेरिकातिर ?


0
Shares

काठमाडौं । सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा जोडिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अमेरिका गएका छन् ।

प्रेस खरिद प्रक्रियामा घोटाला भएको विषय चर्किएको बेला मुख्य योजनाकार पौडेललाई अमेरिका जाने अनुमति दिएर संचार तथा सूचना प्रविधि मन्त्रालय नै अनुसन्धानमा असहयोगी बन्न खोजेको हो कि भन्ने आशंका बढेको छ ।

सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा ठूलो रकम लेनदेनको बार्गेनिङ गरेको आरोप लागेपछि गोकुल प्रसाद बाँस्कोटाले संचार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिइसकेका छन् । यो प्रकरण संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेको छ ।

तर, यति ठूलो काण्डमा पोलिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल यही फागुन ११ गते अमेरिका प्रस्थान गरे ।

सुरक्षण मुद्रण विकास समितिका अध्यक्ष समेत रहेका संचार सचिव दिपक सुवेदीले पौडेलको १० दिने बिदा स्वीकृत गरिदिएका छन् ।

यसले कतै यो प्रकरणमा पौडेललाई जोगाउने र भ्रष्टाचार काण्डको छानबिनमा सरकारी असहयोग हुने त होइन भन्ने आशंका जन्माएको छ ।

पौडेल २०७५ असारमा केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका थिए । यसअघि उनी नेपाल सरकारको प्राविधिकको रुपमा राहदानी विभागमा कार्यरत थिए । उनलाई त्यति बेलादेखि नै अनियमिताको आरोप लाग्दै आएको छ ।

पौडेलले प्रतिनिधि सभाको लेखा समितिमा झुटो विवरण प्रस्तुत गरेको अभियोग पनि लागेको छ । पौडेलले संसदीय समितिको निर्देशनको अवज्ञा गर्दै अमेरिका प्रस्थान गरेका छन् ।

संसदीय समितिलाई सेक्युरिटी प्रिन्टीङ प्रेसको वास्तविक विवरण नदिएर विदेश जानुले पौडेलको नियतमै प्रश्न उब्जिएको छ ।

पौडेललाई बिदा दिने संचार सचिव सुवेदी पनि संसदीय समितिको प्रश्नको घेरामा रहेकाले विषय पेचिलो बनेको छ ।

?wmode=opaque&theme=dark” frameborder=”0″ allowfullscreen>