३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


गरिखाने अभियानले नवलपुरका युवालाई उद्यमी बनाउँदै


221
Shares

नवलपुर । गरिखाने अभियानमा नवलपुरका युवाहरुकोचासो बढेको छ ।

उद्यमशील बन्न चाहनेहरूलाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्ने अभियान भएकाले पनि नवलपुरका युवाहरुमा यस अभियानप्रति आकर्षण बढेको हो ।

यस अभियानसँग जोडिनेहरूलाई उद्यमशील बनाउन विभिन्न व्यावसायिक संस्थाहरूले सक्रियतापूर्वक काम गरिरहेका छन् । कोभिड–१९ महामारी प्रकृति विपतले उत्पन्न संकटको समयमा जनताकोे आयआर्जनका क्रियाकलापमा पर्ने असरलाई ध्यान दिँदै यो अभियानको सुरुवात गरीएको हो ।

उद्योगी विनोद चौधरीको संयोजकत्वमा लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण र दिगो परियोजना केन्द्रित कार्यक्रम देशभर चलिरहदा नवलपुरका युवाहरुले पनि यस अभिायनप्रति चासो देखाएका छन् । गरिखाने अभियान अन्तर्गत नवउद्यमी, उद्यमलाई विस्तार गर्न चाहाने, नविन सोच भएका र हातमा सीप भएकाहरूलाई उद्यमी बन्न आवश्यक सहयोग गर्दै आएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकामा अभियान जानकारी र वित्तिय साक्षरता समेत गरिएको छ । यो अभियानले सिंगो बेरोजगार, अर्थतन्त्रमा भविष्य खोज्नेहरुका लागि आवश्यक भएको युवाहरुले बताएका छन ।

नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले सञ्चालन गरेको यो अभियानलाई स्थाननिय तहले पनि चासोका रुपमा हेरेको देखिन्छ ।

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले अभियान युवाहरुको चासो बन्ने र उनीहरुलाई दिगो परियोज बारे जानकारी हुने हुँदा अभियान सफल हुने र स्थानीय तहका उद्यमशील युवाहरुलाई पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो ।

अभियानले विशेष गरेर ग्रामिण भेगका युवाहरुलाई प्रत्यक्ष भेट्ने,उनीहरुका कुरा र सपनाहरु सुन्ने युवाको आवश्यकतालाई प्राथमितामा राख्ने र उनीहरुलाई अभियानमा समेटेर तालिम र उनीहरुलाई आवश्यक पर्ने स्रोत साधनहरु प्रदान गरिउद्यमशील बनाउने कार्य गर्ने गरेको गरिखाने अभियानका राजु नेपालले जानकारी दिनुभयो ।

दैनिक लाखौँ संख्यामा वैदेशिक रोजगारमा जाने हाम्रो देशमा यो अभियान आवश्यक रहेको युवाहरुको भनाइ छ ।अभियानले युवाहरुलाई स्वरोजगार बनाउने, उद्यमशीलका विषयमा निरन्तर सहयोग गर्ने गरी काम गर्ने वातावरण बनाउन आवश्यक छ।