१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


बेलायतमा रहेका जेष्ठ नागरिकको सफल व्यवस्थापनका लागि वहस


0
Shares

लन्डन । बेलायतमा बस्ने सिनियर नेपाली नागरिक(जेष्ठ नागरिक)लाई कसरी सफल व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा बेलायतमा बसह सुरु भएको छ ।

सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स–यूकेले दक्षिण पूर्वी लण्डनको फालकोनवुड सामुदायिक भवन वेलिङ्गमा एक भब्य कार्यक्रमकाबीच यस्तो वहसको प्रारम्भ भएको हो । 

सोसाइटीले विभिन्न संघसंस्था तथा बुद्धिजीविहरुसँग उक्त विषयमा राय तथा सुझाव समेत मागेको छ ।

कार्यक्रममा युसिएल वेलायतका प्रोफेसर डा. तेजेन्द्र फेराली र अर्का बुद्धिजिवी नारायण भट्टराईले सिनियर नागरिकका समस्या र अप्ठ्यारा चुनौतीका वारेमा खोजमुलक लेख नै प्रस्तुत गरेका थिए ।

संस्थाका छैठौं अध्यक्ष शेखर वाग्लेको अध्यतामा सम्पन्न कार्यक्रममा हरी थापा , मदन थापा, लेखक गोविन्द बेलबासे, शुसिला कार्की, निकिता खरेल लगाएतले बेलायत बसाईमा भोग्नु परेका तिता मिठा अनुभवहरू साटेका थिए ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्यहरु, एनआरएनए यूकेका महासचिव फणिन्द्र भट्टराई, नेपाल प्रेस युनियन यूरोप संयोजक सञ्जयभक्त कँडेल, चाल्टन समाजका अध्यक्ष कृष्ण खरेल लगायतको विशेष उपस्थिति थियो ।

सिनियर नेपाली नागरिकले यूकेमा प्राप्त गर्ने  सामाजिक, स्वास्थ्य  र आर्थिक सुरक्षाका वावजुद पनि उमेर, भाषा, हावापानीका कारण चुनौतीपूर्ण मानिन्छ । घर परिवारबाट टाढा, एक्लोपन, फरक धर्म अनि चालचलन रहनशैली, ट्राफिक नियम आदिले थप जटिलता थपिदिएको छ ।

यसलाई व्यवस्थापन गर्न एनआरएनए लगाएय बेलायतस्थित विभिन्न निकाय र सामाजिक संघ संस्थाले  संगै काम गर्नुको विकल्प नभएको संस्थाका अध्यक्ष शेखर वाग्लेले अन्तत्व प्रष्ट पारे ।

सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स, यूकेको स्थापना सन २००८ मा भएको हो ।

हाई स्किल मेन पावरको रूपमा बेलायत भित्रिएका बुद्धिजिवीहरूले स्थापना गरेको यो संस्थाले नेपाली डायस्पोरा बेलायतमा सम्मानजनक स्थान लिएको छ ।