२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


सहकारीद्वारा तोरीबारी घुम्न भाडामा पोशाक, मासिक ६० हजार आम्दानी


2.834k
Shares

म्याग्दी । म्याग्दीमा जनजातिको पोशाक भाडामा दिएर रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाले एक महिनामा करिब ६० हजार आम्दानी गरेको छ ।

पछिल्लो समय म्याग्दी, बागलुङ र पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट बेनी नगरपालिका–१, रत्नेचौरमा पहेँलपुर फुलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती लाग्ने गरेको छ ।

तस्बिर खिचाउन र टिकटक बनाउन सहकारीले मगर समुदायको पोशाक भाडामा दिएर एक महिनामै करिब ६० हजार आम्दानी गरेको हो । तोरीबारीले मगर समुदायको भेषभुषाको प्रचार–प्रसार भएको रत्नेचौर महिला बचत तथा ऋण सहकारीका सचिव सुलोचना केसीले बताउनु भयो ।

सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयलाई एक सय रुपैयाँ र बाहिरबाट आउनेलाई २ सय रुपैयाँ लिने गरेको छ ।