२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


अनलाइन सामान मगाइ ठगी गर्ने शेर्पा पक्राउ


1.82k
Shares

काठमाडौं । महानगरिय प्रहरी बृत्त बौद्धले अनलाइन मार्फत मोबाइल फोन मगाइ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला नाम्चे घर भई चाबहिल सरस्वतीनगर बस्ने बर्ष १९ का उर्गेन टासी शेर्पा रहेका छन ।

अनलाइनबाट महँगा मोबाइल सेट मगाउने र घर गएर पैसा लिएर आउँछु भन्दै फरार हुने गरेका शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ३ थान मोबाइल र १४ हजार रुपैयाँ बरामद गरेको छ ।