एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने कांग्रेसको निष्कर्ष « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने कांग्रेसको निष्कर्ष


143
Shares

काठमाडौं, माघ २७ । सत्तारुढ दलको प्रमुख घटक नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको हो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे अहिले देखिएको अन्यौल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. महतले पार्टीलाई स्थानीय तह निर्वाचनतर्फ केन्द्रीत गर्ने विषयमा छलफल भएको भन्दै स्थानीय तह निर्वाचनमा सशक्त ढंगमा प्रस्तुत हुने निचोड निकालेको जानकारी दिनुभयो ।

बैठकमा भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएको र रिक्त रहेको नेतृत्वबारे छलफल भएको छ । बैठकमा पाँच दलीय गठबन्धनका बारे कुनै निर्णय नभएको बताइएको छ । बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्नेछ ।