Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


नम्रता र दयाहाङको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज


234
Shares

काठमाडौं, माघ २७ । नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज भएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन फिल्म वरदान गज्जब टिभी युट्युब च्यानलबाट बिहीबार रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेटको रहेको छ ।

फिल्ममा आत्महत्याको विषयलाई उठाएको छ ।

कोरोनापछि आत्महत्या बढेको समाचार पढेपछि आफू वरदानको कथा लेख्न बाध्य भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए ।

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङ राई यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको बताउँछन् ।

शैलेन्द्र डि कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको वरदानमा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनको अभिनय रहेको छ ।