२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


नहरमा डुबेर दिदीभाइको मृत्यु


26
Shares

सुनसरी, साउन २२ । सुनसरीको रामधुनी नगरपालिका–३, झुम्कास्थित नहरमा बगेर बेपत्ता भएका दुई बालबालिका मृत अवस्थामा फेलापरेका छन् ।

सुनसरी–मोरङ सिँचाइ योजनाको नहरमा डुबेर बेपत्ता भएका उनीहरु मंगलबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिनेमा स्थानीय दिनेश खड्काका ९ वर्षीय छोरा अश्विन खड्का र ११ वर्षीया छोरी सिर्जना खड्का रहेका छन् ।

मंगलबार बिहान भाँडा माझ्नेक्रममा भाइलाई नहरले बगाएपछि दिदीले भाइलाई समात्न खोज्दा दुवैजना बेपत्ता भएका थिए ।

कोसी नदीबाट पानी ल्याइएको सो नहरमा पानीको बहाव निकै भएकाले खोजीमा कठिनाइ भएको थियो ।

उनीहरुलाई लेदोमा गाडीएको अवस्थामा फेलापारिएको प्रहरीले जनाएको छ ।