Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


रेमिट्यान्स घट्यो


169
Shares

काठमाडौं, माघ २६ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स थप ५.५ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याकं अनुसार पुस मसान्तसम्ममा रेमिट्यान्समा ५.५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब भित्रिएको हो ।

गत वर्षको सोही अवधीमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याकं छ । यस्तै यसै अवधीमा चालु खाता ३ खर्ब ५४ अर्ब ले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।

गत वर्ष सोही अवधीमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामो थियो । पुस मसान्तसम्ममा शोधनान्तर स्थिति थप जटिल बन्दै गएको छ । यस अवधीमा शोधनान्तर स्थिति २ खर्ब ४१ घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब बचतमा थियो । नेपाल राष्ट्र बैंककै अनुसार गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई पुस मसान्तमा ११ खर्ब ६५ अर्ब कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैैंकको राष्ट्र बैैंकको भनाइ छ । नेपाल राष्ट्र बैंकका अनुसार गत महिनाको तुलनामा भने मुल्यवृद्धि घटेको छ ।

यस अवधीमा मुद्रा स्फिती ५.६५ प्रतिशतमा सिमित भएको केन्द्रीय बैंकले जनाएको छ ।