Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


रसुवागढी नाकाबाट आयात सुरु


234
Shares

रसुवा । रसुवागढीनाकाबाट हुने आयात आजबाट सुचारु भएको छ । चीनको केरुङमा भारी हिमपातका कारण चिनीया समाग्रीको आयात केही दिनदेखि रोकिएको थियो ।

सडकमा रहेको बाक्लो जमेको हिउँ पन्छाएसँगै केरुङबाट रसुवागढीमा सात वटा चीनीया कन्टेनरले चीनीया समाग्री नेपाल ल्याएको रसुवागढी सीमा स्थित सशस्त्र प्रहरी बलले जनाएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद मैनालीले हिमपातका कारण रोकिएका चीनीया समाग्री अब रसुवागढी नाकाबाट नियमित आयात हुने बताउनु भयो ।

केरुङमा ३ दिनसम्म हिमपात भएपछि नेपालतर्फ सामान लोड भई आउन लागेका चीनीया सवारी साधन रोकिएकाले आयात हुन सकेको थिएन ।

रसुवागढी नाकाबाट हुँदै आएको आयात–निर्यात झन्डै २ वर्षयता पटक–पटक प्रभावित हुँदै आएको छ ।