
चितवन, माघ २५ । चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ ।
निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदूर कर्मचारी परिचालन गरेर घाँसे मैदान व्यवस्थित गर्न लागिएको हो । एक वर्षमा रु. एक करोड हाराहारी खर्च हुने निकुञ्जको अनुमान छ ।
हालसम्म निकुञ्जभित्रका मैदान वर्षमा एक पटक मात्र व्यवस्थापनको काम गर्ने गरिन्छ । ठूला ढड्डी र मिचाहा प्रजाती फालेर घाँसे मैदानलाई व्यवस्थित गर्ने गरिन्छ । उहाँले घाँसे मैदान आफै बन्न दिनुपर्ने भए पनि यहाँको भू–बनोट फरक भएकाले व्यवस्थापन गर्नुपरेको जानकारी दिनुभयो । यसमध्ये बजेटका आधारमा अधिकतम घाँसे मैदानको व्यवस्थापन गर्ने गरिन्छ ।
निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एक सिङ्गे गैंडा र बाघका आहारा प्रजाती खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने क्रम घट्ने विश्वास गरिएको छ । मानव र वन्यजन्तु बिचकोद्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थित हुनुपर्ने विज्ञ बताउछन् ।
प्रतिक्रिया दिनुहोस्