Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


करेन्ट लागेर एक जनाको मृत्यु


130
Shares

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चौकमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान बिरेन्द्र चौक स्थित टेक बहादुर श्रेष्ठको घरमा विद्युत लाईन बिग्रिएको कारण लाईन बनाउन बिजुलीको पोलमा चढ्दा अचानक करेन्ट सोही नगरपालिका–४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको हो ।

घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

लिम्बु बिद्युत कार्यालय ताप्लेजुङका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।