Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


देशभरको मौसममा सामान्य बदली र हल्का वर्षाको सम्भावना


1.4k
Shares

काठमाडौँ । सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश नं १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रहेको छ।

त्यस्तै , तराई भूभागमा आज बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेश नं १ को पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार राति भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली हुने छ ।

प्रदेश नं १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Skip This