Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


डोटीमा अज्ञात समूहद्वारा डोजरमा आगजनी, विप्लव समूहमाथि शंका


0
Shares

-विक्रम खड्का/ईमेज

डोटी । डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समुहले आगजनी गरिएको छ । 

सायल गाउँपालिका–१ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा१ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका–३  काँडीस्याउलेमा रहेको आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाडौंको बा१क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिप सिं देउवाले जानकारी दिए ।

गाउँपालिकामा काटिएको शाखाबाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको स्काभेटरमा मध्यराती आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

एकै समयमा दुईवटा ठाउँमा आगजनी हुनुले प्रतिबन्धीत नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिबन्धीत नेकपाका डोटी ईञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन । हामीप्रति आशंका गर्नेगरी अरु कसैले गरेको षड्यन्त्र  गरेको हुन सक्ने आरोप लगाएका छन ।