१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


आजदेखि मौसममा सुधार हुने


91
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

तराई भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आइतबार दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै,राती भने प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

विगत केही दिनदेखि प्रभावित भएको मौसममा आइतबारबाट सुधार हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गत बिहिवारदेखि प्रभावित मौसममा गएरातिदेखि क्रमिक रुपमा सुधार हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि दुई–तीन दिनसमम मौसममा सुधार हुने छ भने आगामी बुधबार– बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएराति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको थियो ।