Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


विद्युतीय भुक्तानीमा सचेत हुन राष्ट्र बैंकको आग्रह


2.5k
Shares

काठमाडौं, माघ २१ । नेपाल राष्ट्र बैंकले आम नागरिकलाई विद्युतीय भुक्तानीमा सचेत हुन आग्रह गरेको छ ।

बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सचेत गराएको हो ।

नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । यसरी विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति÷समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै बैंकले सावधानी अपनाउन आग्रह गरेको हो ।

सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट तथा मोबाइल बैकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने जस्ता प्रवृत्ति बढको राष्ट्र बैंकले जनाएको छ ।

युजरनेम पासवर्ड कसैले माग्छ भने त्यो कारोबार शंकास्पद हुने बैंकले स्पष्ट गरेको छ । यस्तै, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकाले यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिन जरुरी देखिएको राष्ट्र बैंकले जनाएको छ ।

अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्दा आफ्ना संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्ने तर्फ पनि बैंकले सचेत गराएको छ ।

Skip This