 
	    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आउनुभएका उहाँलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सोमबार निर्णय भए पनि उहाँलाई शुक्रबार मात्रै नियुक्ति पत्र थमाइएको छ ।
असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले ७ महिनासम्म निजी सचिवालयलाई पूर्णता दिन सक्नुभएको छैन ।
देउवाले यसअघि आफ्नो स्वकीय सचिवमा भानु देउवा, भाषण विज्ञमा किरण गजुरेल नियुक्त गरिसक्नुभएको छ ।
यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि परियार प्रेस संयोजक हुनुहुन्थ्यो । त्यसअघि उहाँ अन्नपूर्ण पोस्ट्, नागरिक दैनिक लगायतका पत्रिकामा काम गर्नुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्