Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


सुनको मूल्यमा नयाँ कीर्तिमान


0
Shares

काठमाडौं, फागुन ७ । नेपाली बजारमा बुधबार सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।

तोलामा ४०० रुपैयाँले बढेर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो ।

बुधबार छापावाल सुन तोलाको ७७ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार सुन तोलाको ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पनि त्यसअघिकाभन्दा उच्च हो । त्यसलाई तोड्दै बुधबार सुनको मूल्य अहिलेसम्मकै महँगो भएको हो ।

सोमबार सुन तोलाको ७६ हजार ५०० रुपैयाँमा स्थीर रहेको थियो ।

बुधबार तेजाबी सुनको मूल्य तोलामा ४०० रुपैयाँले नै बढेर तोलाको ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी तोलाको ९०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।