५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


वुहानबाट ल्याइएका नेपालीमा कोरोनाभाइरस नभएको पुष्टि


0
Shares

काठमाडौं । चीनको वुहानबाट स्वदेश फिर्ता ल्याइएका १ सय ७५ जना नेपालीमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण नदेखिएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी गत आइतबार स्वदेश फर्काइएका १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो ।

वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो ।

नमूना संकलन गर्न  चार घण्टा लागेको थियो । क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ ।

पहिलो परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ । वुहानबाट उद्दार गरेर ल्याइएकाहरू अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका छन् ।