रौतहट । रौतहट प्रहरीले गोली प्रहार गरेर एक फरार आरोपीलाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका तत्कालिन तराई जनतान्त्रिक मुक्ती मोर्चाका इन्चार्ज अभय भनिने कामेश्वर पटेल कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान लगायतका दर्जनौ अपराधमा संलग्न उनी वर्षौदेखि फरार रहेका थिए ।
उनलाई धन्सार जंगलसैया जाने बाटोमा प्रहरीले चार राउण्ड गोली प्रहार गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बारा प्रहरीले खोजेको जानकारी पाएका पटेल भाग्दै गर्दा रौतहट प्रहरीको एम्बुसमा परेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी देख्नासाथ पटेलले फायर खोलेकोले उनलाई पक्राउ गर्न प्रहरीले चार राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।
गोली प्रहारबाट पटेलको बायाँ गोडामा दुई राउण्ड गोली लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
कुर्मीको साथबाट नलकटुवा पेस्तोल एक थानसहित पाँच राउण्ड गोली बरामद भएको छ ।








प्रतिक्रिया दिनुहोस्