२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बिम्स्टेक सम्मेलनलाई लक्षित गरी तार व्यवस्थापन गरिँदै


0
Shares

काठमाडौं, साउन २२ । राजधानीको सडकछेउका पोलमा जथाभावीरुपमा झुन्ड्याइएका तार व्यवस्थापन गर्न थालिएको छ ।

पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी र ह्यात होटलसम्मको पोलका तार एकैमुठा बनाएर बाँधेर व्यवस्थापन गर्न थालिएको हो ।

आउँदो भदौ १४ र १५ गते राजधानीमा हुने बिम्स्टेक सम्मेलनलाई लक्षित गरी नेपाल केबल टेलिभिजन महासंघको पहलमा तारको व्यवस्थापन गर्न लागिएको महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले जानकारी दिए ।

नेपाल दूरसन्चार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्राले भने ‘अन्डरग्राउन्ड’ व्यवस्थापन नै दीगो व्यवस्थापन हुने बताए ।

सो क्षेत्रका सर्वसाधारणले छरिएका तारले सहरमा कुरुपता बढाएको भन्दै सरकारले ध्यान दिनुपर्ने बताए ।