Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


गतवर्ष सम्पन्न योजनाको रकम छिट्टै भुक्तानी दिने: मन्त्री विजयकुमार यादव


0
Shares

जनकपुर ।  प्रदेश २ मा गत वर्ष सम्पन्न भएर भुक्तानी रोकिएका योजनाको रकम छिट्टै भुक्तानी हुने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले गत वर्ष सम्पन्न गरिएका कामको भुक्तानी चाँडै गरिने आश्वासन दिएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले उपभोक्ता समितिले गत वर्षको भुक्तानी छिट्टै पाउने बताएका छन् । आफ्नो मन्त्रालयले भुक्तानी सुनिश्चितताको पत्र सबै मन्त्रालयलाई पठाइसकिएको मन्त्री यादवले जानकारी दिए ।

उनले आर्थिक वर्षको बाँकी भुक्तानीको लागि विभिन्न मन्त्रालयहरुले माग गरेको थप बजेट सम्बन्धमा अर्थ मन्त्रालयले सुनिश्चितताको पत्र पठाइसकेको र आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयले पत्र पठाएलगत्तै रकम निकासा गरिदिने जानकारी गराएका छन् ।