
सिन्धुली, साउन २२ । सिन्धुली जिल्ला अस्पतालमा उपचारमा समस्या भएको छ ।
फोहोर पानीका कारण बिरामीको संख्या बढेको तर पर्याप्त स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या देखिएको हो ।
सिन्धुलीका ग्रामीण भेगमा वर्षायामको धमिलो र फोहोर पानीका कारण झाडापखाला, आउँ र रुघाखोकीजस्ता समस्या देखिएको छ ।
दैनिक १०० भन्दा बढी बिरामी उपचारमा आएपनि उनीहरुलाई अस्पतालको बसाइँ र उपचारमा समस्या भएको हो ।
प्रतिक्रिया दिनुहोस्