Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


पाँच हजार घुस लिदालिदै सव इञ्जिनीयर पक्राउ


0
Shares

भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।

राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।

त्यस्तै गत माघ महिनामा भूकम्प पीडितसँग अन्तिम किस्ताको रकम लिन आवश्यक कागजात मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सवइञ्जिनीयर प्रकाश तिवारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

तिवारी सेवाग्राहीसँग छ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए । तिवारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्दा दायर गरिएको जनाइएको छ । रासस