हेटौंडा, फागुन ५ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्रीका रुपमा रामेश्वर फुयाँलले सोमबार शपथ लिएका छन् ।
प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले उनलाई शपथग्रहण गराए ।
फुयाँल नेपाल कम्युनिस्ट पार्टीको वाग्मती प्रदेशका प्रमुख सचेतकसमेत हुन् ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम आफैंले सम्हाल्दै आएका थिए ।
यसअघि, फुयाँलको नियुक्तिलाई लिएर प्रदेश सरकार र नेकपा प्रदेश कमिटीबीचको विवादका कारण उनको शपथ रोकिएको थियो ।










प्रतिक्रिया दिनुहोस्