२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


थपिए ३५४० संक्रमित, ६३५९ संक्रमणमुक्त, ३२ जनाको मृत्‍यु


221
Shares

काठमाडौं, माघ १६ । देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएका हुन् ।

आइतबार ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । मृत्‍युको संख्या चार दिनको समेत तथ्यांक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।