अष्ट्रेलियन ओपनः उपाधिका लागि आज नाडाल र मेद्भेदेभ भिड्दै « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


अष्ट्रेलियन ओपनः उपाधिका लागि आज नाडाल र मेद्भेदेभ भिड्दै


65
Shares

काठमाडौं । यस वर्षको अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि अष्ट्रेलियाकी आस्लेघ बार्टीले जितकी छिन् । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न फाइनलमा अमेरिकाकी ड्यानियला कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन् ।

कोलिन्स विरुद्धको खेल बार्टीले ६–३ र ७–६ को सेटमा जितिन् । जितसँगै बार्टी सन् १९७८ पछि अष्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि जित्ने पहिलो अष्ट्रेलियन खेलाडी बनेकी छिन् । १९७८ मा अष्ट्रेलियाकी क्रिस्टिने ओनिलले उपाधि जितेकी थिइन् ।

यता, पुरुषतर्फ उपाधिका लागि आज स्पेनका रफायल नाडाल र रुसका ड्यानियल मेद्भेदेभ भिड्दैछन् । नाडाल किर्तीमानी २१ औं पटक ग्रान्ड स्लामको उपाधि जित्ने अभियानमा रहेका छन् ।

अहिले उनी सर्वाधिक २० उपाधि जित्ने खेलाडीहरुको सूचीमा स्विट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिचसँग बराबरीमा रहेका छन् । फेडेररले यो प्रतियोगिता खेलेका थिएनन् भने जोकोभिच भिसा रद्द प्रकरणपछि मेलबर्नबाट फर्काइएका थिए ।