२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


थपिए ४९०४ संक्रमित, ५९२४ जना संक्रमणमुक्त


156
Shares

काठमाडौं, माघ १५ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ र एन्टिजेन विधिबाट १ हजार ५८६ जना गरि ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ ।