देशभरको मौसममा आज सामान्य बदली रहने « Imagekhabar – Online News Portal of Nepal


देशभरको मौसममा आज सामान्य बदली रहने


312
Shares

काठमाडौँ । हाल देशभरको मौसममा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले सामान्य बदली रहेको छ ।

बिहान तराईका केही स्थानमा हुस्सु समेत लागेको छ । त्यस्तै दिउँसो भने प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।

त्यस्तै आज राति पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।